अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ५ गते।
सुनको भाउ नेपाली बजारमा आज घटेको छ ।
एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले भाउ घटेपछि सुनको भाउले ९० हजारभन्दा तल्लो अंक छोएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि सुनको भाउ हालसम्मकै उच्च प्रतितोलामा १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको चाँदीको भाउ आज १ हजार ३ सय ४० रुपैयाँमा झरेको छ ।