अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,फागुन ५ गते।
बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ ।
घटनामा उनकै साथीको संलग्नता रहेको प्रहरीले जनाएको छ । भागरथी र हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दिनेश भट्ट नाम गरेका व्यक्ति एउटै विद्यालयमा अध्ययनरत रहेको पाइएको छ । प्रहरी नियन्त्रणमा रहेका भट्टले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी स्रोतले दिएको छ ।
माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।
घटनामा पक्राउ परेका युवा मात्रै संलग्न छन् कि अरुको पनि संलग्नता छ भन्ने बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।