अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,फागुन ५ गते।
आजका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ ।
प्रदेशसभा बैठक आज २ बजेका लागि बोलाइएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध गत माघ ९ गते टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट दलगत छलफल शुरू गर्ने तयारी थियो । तर ‘विशेष कारण’ भन्दै अन्तिम समयमा बैठक स्थगित गरिएको छ ।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको थियो ।
यसअघि सोमबार बसेको प्रदेशसभाको बैठकले आजका लागि बैठक बोलाएको थियो ।