अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ५ गते।
नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
यसअघि माघ २८ गते पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको निगमले पुनः गएराति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।
अहिले निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको प्रवक्ता उपाध्यायले जनाउनुभयो ।