आज नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ५ गते।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पार्टीको १४ औं महाधिवेशन र आगामी कार्यक्रमबारे छलफल गर्न बस्दै छ ।

दिउँसो दुई बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको कार्यतालिका, संसद विघटनविरुद्धको आन्दोलनको समीक्षा र आगामी योजनाबारे छलफल हुने कांग्रेस केन्द्रीय सदस्य बदि्र पाण्डेले जानकारी दिए ।

फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौँमा गर्ने भनिएको महाधिवेशन कोरोना भाइरसको महामारीले अनिश्चित भएको थियो । आजको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *