कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएपछि स्थानीय द्धारा राजमार्ग अवरुद्ध

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,फागुन ६ गते।

कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ती दिनुपर्ने र दोषीलाई कारबाहीको माग राखेर स्थानीयले पूर्व पश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेका छन् ।

बुधवार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।

 बुधवार पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८४०६ नम्बरको ट्रकले लु ७८ प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते लम्कीचुहाका दिनेस चौधरीको उपचारको क्रममा बुधबारनै मृत्यु भएको थियो  । 
घाइते चन्द्रा चौधरीको पनि बुधवार साँझनै उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

त्यसपछि स्थानीयले पूर्व पश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *