झण्डै १ लाख रुपैयाँ बराबरको अवैध सामान कञ्चनपुरबाट बरामद

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,फागुन ६ गते।

झण्डै १ लाख रुपैयाँ बराबरको अवैध सामान कञ्चनपुरबाट प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिकाका विभिन्न स्थानबाट भन्सार छलेर भित्र्याउँदै गरेको अवस्थामा अवैध सामान बरामद गरेको हो।

बेलौरी नगरपालिका–७ को नकैयाबाट  भन्सार छली पैठारी गरी ल्याएका   १५ वटा प्लाष्टिकका बाटा थान, २४ वटा प्लाष्टिकका कुर्ची , ६९ सिसाका गिलास र मोबिल ३० डिब्वा  गरेर २२ हजार ८० रुपैयाँ बराबरको सामान बरामद गरिएको बताए।

यस्तै बेलौरी नगरपालिका ७ कै पौलाहाबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा १२ वटा सिलिङ , १ सय वटा बिजुलीको चिम, २ आईरन, ५० वटा एलइडी चिम ,  १६ वटा स्टेण्ट पंखा सानो, ३ वटा स्टेण्ड पंखा ठुलो सहित ६१ हजार ५ सय ८० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरी नायब उपरीक्षकले बताए। 

बरामद गरिएका ८३ हजार बराबरका सबै सामान आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय त्रिनगर कैलाली  पठाईएको प्रहरीले जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *