अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ८ गते।
आफ्नै श्रीमतीको हत्या पछि फरार रहेका अभियुक्तलाई नेपाल–भारतको सिमानाबाट पक्राउ गरिएको छ ।
फागुन २ गते राति इलामको सूर्योदय ननगरपालिका–५ खरबनेटोल बस्ने २३ वर्षिय दिनेश तामाङले श्रीमती गीता तामाङलाई कुटपिट पछि हत्या गरेका थिए।
जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी निरीक्षक नवीन राईको टोली र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देउ प्रसाद लिम्बूको टोलिले फागुन ७ गते राति २२:३० बजे सूर्योदय नगरपालिका–५ सिद्दिखोला र मेचिखोला दोभानस्थित नेपाल–भारतको सिमानाबाट हत्या पछि फरार रहेका तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।