भारतबाट कोभिड–१९ विरुद्धको १० लाख डोज कोरोना खोप नेपाल आईपुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ९ गते।

कोभिड–१९ विरुद्धको १० लाख डोज  ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ । भारतको नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत  १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो  ।

फागुन ५ गते सेरम इन्स्टिच्युटसँग गरेको सम्झौताबमोजिम सरकारले पहिलो चरणअन्तर्गत १० लाख खोप ल्याइएको हो । सेरम इन्स्टिच्युटसँगको सम्झौतामा भारतबाट २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरिएको थियो ।

अब दोस्रो चरणको कोरोना खेप पनि फागुन २३ गते अगावै ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो चरणमा आइपुगेको १० लाख कोरोना खोप विमानस्थलबाट भण्डारणका लागि टेकुस्थित ‘कोल्डरुम’ मा लगिने भनिएको छ ।

फागुन २३ गतेदेखि सञ्चालन गरिने खोप अभियानमा पहिलो चरणमा ल्याइएका खोपहरु प्रदेशका विभिन्न खोप केन्द्रहरुमा वितरण गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *