धनुषा जिल्लाको नगराइनबाट अपहरणमा परेका बालकलाई प्रहरीले ३ घण्टाको अप्रेशनपछि उद्धार गर्यो

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,फागुन ९ गते।

धनुषामा आफ्नै बुवा र मामा मिलेर अपहरण गरिएको ७ घण्टापश्चात् बालकको सकुशल उद्धार गरिएको छ । धनुषा जिल्लाको नगइराइन नगरपालिका–६ निवासी रमेश दास र दुई मामा मिलेर ७ वर्षीय छोराको अपहरण गरिएको ७ घण्टाभित्रै प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको टोलीले उद्धार गरेको हो।

घर अगाडीबाट दिउसो अपहरणमा परेका बालकको परिवारबाट १ करोड फिरौती रकम माग गरिएको थियो ।

बालक अपहरणमा मामा र बुवा नै संलग्न रहेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । अपहरणमा संलग्नहरुको अबेर राती सम्म प्रहरीले खोजी जारी राखेको थियो । आफ्नै घरको रुपैया फिरौती वापत असुल्न मामा र बुवाले नै मिलेर बालकको अपहरण गरेका प्रहरीले जनाएको छ । अपहरण सम्बन्धमा थप अनुसन्धान भइरहेको डीआईजी सिंहले बताए ।प्रहरीले बालकको मामाको खोजीलाई तिव्र बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *