म्यानमारमा प्रदर्शन थप चर्किँदै

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, फागुन ९ गते।

म्यानमारमा प्रदर्शन थप चर्किँदै जाँदा हिंसात्मक घटना पनि बढ्न थालेका छन् । त्यहाँ सैनिक ‘कू’को विरोध गरिरहेका प्रदर्शनकारीमाथि सुरक्षा चलाएको गोली लागेर थप दुई जनाको मृत्यु भएको छ ।

केही दिनअघि पनि सुरक्षाकर्मीको गोली लागेर घाइते भएकी एक युवतीको मृत्यु भएको थियो ।

म्यानमारको दोस्रो ठूलो शहर माण्डलेमा शनिबार सुरक्षाकर्मीले गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो । समाचार एजेन्सीहरूको अनुसार एकजनाको टाउकोमा गोलिलागेर घटनास्थलमै मृत्यु भएको हो भने अर्का एकको छातीमा गोली लागेको थियो । उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *