अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, फागुन १० गते।
म्यान्मारमा सैन्य कूविरुद्ध आह्वान गरिएको हडतालको दिन आज प्रमुख सहरहरूमा हजारौँ मानिसहरूले सडकमा भेला भएर प्रदर्शन गरेका छन्।
व्यवसायी र कामदारहरूले पनि सहभागी भएकाले व्यापार-व्यसायहरू बन्द भएका छन्।
गत माघ १९ सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि म्यान्मारमा तनाव बढेको छ।
द्वन्द्वको बाटोमा अघि बढे “ज्यान जान सक्ने” चेतावनी सेनाले दिएको थियो। तर प्रदर्शनकारीहरू त्यसबाट अविचलित छन्।