अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता, फागुन ११ गते।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले कपिलवस्तुको महाराजगन्ज ७ मा रहेको कुशाहवा स्वास्थ्य चौकि निरीक्षण गर्नु भएका छ । स्वास्थ चौकी निरीक्षण गर्दै अपग्रेडको लागि मन्त्रलायबाट सहयोग गर्ने स्वस्थ्य मन्त्री त्रिपाठिले प्रतिबद्धता व्यक्त गर्नु भयो । स्वास्थ क्षेत्रको सुधारका लागि योजना ल्याउने मन्त्रीले बताउनु भयो ।
कपिलवस्तु पुगेका मन्त्री त्रिपाठीलाई पुर्व राज्यमन्त्री इश्वर दयाल मिश्रले कुशहावा स्वस्थ्य चौकिको अवस्थाको बारेमा जानकारी दिदै निरीक्षण गराउनु भएको थियो।
कुशहावा स्वस्थ्य चौकिलाई अपग्रेट गर्नको लागि स्वास्थ्य मन्त्रीलाई निरिक्षण गराईएको महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनुभयो । अवलोकन गर्ने क्रममा महाराजगंज नगरपालिका भित्रका स्वस्थ्य अवस्था बारे जानकारी गराउदै त्यसको सुधारको लागि प्रशासकिय अधिकृत खरेलले पत्र समेत बुझाएका छन ।