उदयपुरबाट प्रतिबन्धित लागूऔषधि सहित एक युवा पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ११ गते।

प्रतिबन्धित लागूऔषधि सहित एक युवालाई उदयपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको विशेष प्रहरी टोलीले सिराहाको मिर्चैया नगरपालिका ६ बस्ने २८ बर्षिय ब्रमदेव यादवलाई पक्राउ गरेको हो ।

मिर्चैयावाट कटारी तर्फ आउदै गरेको स.८ प.४५३७ नं.को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा डाईलेक्स– डिसी २७ थान सहित मोटरसाईकल नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएपीले जानकारी दिए ।

पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कटारी उदयपुरमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *