अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ११ गते।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७० औं जन्मदिन मनाउँदै छन्।
उनको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा भएको हो। २००८ सालमा आठराइमा जन्मेका प्रधानमन्त्री ओलीको परिवार २०२० सालमा झापामा बसाई सरेको थियो।
उहाँ मोहनप्रसाद ओली तथा स्व.मधु ओलीका सन्तान हुनुहुन्छ । जन्मदिनका अवसरमा आज प्रधानमन्त्री ओलीलाई शुभकामनाको ओइरो लागेको छ ।
सात वर्षअघि पहिलोपटक ओलीको निजी निवास बालकोटमा उहाँको जन्मदिनको अवसरमा पार्टि नै आयोजना गरिएको थियो ।