धादिङको खेस्टे खोलामा तीन वटा यात्रु बाहक बस एक आपसमा ठक्कर खाँदा १३ यात्रु घाइते

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १६ गते।

धादिङ्गको गल्छी गाउपालिका–७ स्थित खेस्टे खोलामा तीन वटा यात्रु बाहक बस एक आपसमा ठक्किदा १३ जना घाइते भएका छन् ।

धादिङ बेशीबाट काठमाडौ जाँदै गरेको बा३ख ८९०४ नम्बरको यात्रुबाहक बसलाई सुर्खेतबाट काठमाडौ जादै गरेको ना५ख ४४९१ नम्बरको यात्र बाहक बसले उछिन्ने क्रममा काठमाडौबाट गोर्खा जाँदै गरेको ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बसलाई ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनाबाट घाइते भएका यात्रुहरूको स्थानीय स्वास्थ्य सेवा गल्छीमा उपचार भइरहेको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। उनीहरुलाई थप उपचारको लागि काठमाण्डौ पठाइएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *