म्यानमारमा सेना विरोधी प्रदर्शनमा दुईजनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, फागुन १६ गते।

म्यानमारमा आज सेना विरोधी प्रदर्शनमा दुईजनाको मृत्यु भएको छ । यसका साथै दर्जनौं प्रदर्शनकारी घाइते भएको खबर छ ।

आज म्यानमार प्रहरीले सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाएको जसमा दुईजनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पुष्टि गरेको छ ।

प्रहरीले यंगून शहरका विभिन्न इलाकामा टियर ग्यास र स्टन ग्रेनेड फ्याँकेका थिए । तर यति गर्दा पनि प्रदर्शनकारीको भीड तितरबितर नहुादा प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले देवाईको दक्षिणी इलाकामा पनि गोलीबारे गरेको छ जसमा एक व्यक्तिको मृत्यु् भएको छ र थुप्रै घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *