सिरहाको धनगढीबाट अबैध काठ सहित ट्रयाक्टर बरामद

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,  फागुन १८ गते।

सिरहाको धनगढी माई नगरपालिका बाट ट्रयाक्टर सहित ठुलो परिमाणको अबैध चिरान भएको काठ बरामद भएको छ।

डिभिजन वन कार्यालय सिरहा र सव डिभिजन वन कार्यालय धनगढीका कमर्चारी द्वारा  विशेष सुचाना अधारमा अबैध काठ शुक्रवार राति २ बजेको समयमा लुकाई छिपाई गरी गलग्दै गरेको अबस्थामा धनगढीमाई १४ सनिबारेमा राखिएको साल ५४ थानको ४७.६९ घनफिट काठ बरामद गरीएको छ ।

बरामद गरीएको ट्राकटर डिभिजन वन कार्यालय लहानमा राखिएको छ ।आवश्यक अनुसधान गरीरहेको कार्यालय प्रमुख सुभाष चन्द्र दासले जानकारी दिनुभयो । दोषी माथी अनुसन्धान जारी रहेको बन कार्यालयका गंगा यादवले बताउनुभयो ।

कार्यालय प्रमुख दासका अनुसार यस्तो वन  जंगल फठानी र बिनास गर्ने अपराधी लाई कानुन बमोजिम कार्बाहि गर्ने प्रमुख दासले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *