आज थपिए ५,७२७ जना कोरोना संक्रमित, कुल संख्या ३ लाख २३ हजार १८७पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १७ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ५,७२७ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ३ लाख २३ हजार १८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयले जनाएको छ।

अहिलेसम्म निको हुनेको संख्या २ लाख ८१ हजार ९५ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयले जनाएको छ।

कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हाल देशभर मृतकको कुल संख्या ३ हजार २८९ पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *