अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २८ गते।
४ सय अक्सिजन सिलिन्डर चीनको बेइजिङबाट नेपाल आइपुगेको हो।
मंगलबार चीनको राजधानी पेइचिङबाट नेपाल एयरलाइन्सको जहाजले ४ सय सिलिन्डर अक्सिजन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ ।
यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत उनले जानकारी गराएका छन् ।