अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २८ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ९ हजार ४८३जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ४ लाख १३ हजार १११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ३ लाख १२ हजार १९ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २ सय २५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।