पर्सामा थपिए जेठ १३ गतेसम्म निषेधाज्ञा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ६ गते।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अत्यावश्यकबाहेकका काममा घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन्

निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक सवारी साधन पनि चलाउन पाइने छैन । खाद्यवस्तु, औषधि, स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेकका अरु पसल व्यवसाय विहान ८ बजेसम्म मात्र खोल्न पाइनेछ ।

त्यस्तै इनर्वा नाकाबाहेक भारतबाट प्रवेश गर्ने अन्य नाका सीमा वारपार आवागमन प्रवेश गर्न पनि रोक लगाइएको छ । सरकारी र निजी सेवा कार्यालय र निकायले पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।

उद्योग, कलकारखानाहरुले कर्मचारी एवं श्रमिकहरुलाई उद्योग परिसरभित्रै आवासीय प्रबन्ध गरी उद्योग सञ्चालन गर्न सक्ने पनि प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *