अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ६ गते।
जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जेठ १४ गते मध्याराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलने क्रम नरोकिए पछि, त्यसको रोकथाम तथा न्यूनीकरणका लागि थप कडाइका साथ पूर्ण निषेधाज्ञालाई एक साता लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए ।
निषेधाज्ञाको अवधि भोलि मध्यरातसम्म कायम छँदै प्रशासन कार्यालयले जेठ १४ गतेसम्मलाई पुनः थप गरेको हो । आज बसेको डिसीसीएमसीको बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
ती सामानहरू व्यवसायीले बिहान ६ बजेदेखि ९ बजेसम्म स्थानीय तह वा उद्योग वाणिज्य सङ्घको सहकार्यमा घर-घरमा पुर्याइसक्नु पर्ने हुन्छ ।