अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ९ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ७ हजार ९१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ५ लाख १३ हजार २४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ३ लाख ९१ हजार ३४८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ९३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ ।