अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,जेठ ९ गते।
भारतको राजधानी दिल्लीमा लकडाउन अवधि बढाइएको छ।
आइतबार केजरीवाल सरकारले एकपटक पुनः लकडाउन बढाउँदै यसलाई एक हप्ता थप लागू गर्ने आदेश दिएका छन् । यस्तोमा अब दिल्लीमा ३१ मेसम्म प्रतिबन्ध जारी रहनेछ ।
मुख्यमन्त्रीले संक्रमित घट्ने सिलसिला जारी रहे र स्थितिमा सुधार आए ३१ मेदेखि अनलकको प्रतिक्रिया सुरु गर्ने बताएका छन् । १८ अप्रिलदेखि दिल्लीमा सुरु भएको लकडाउन २४ मेमा समाप्त हुँदै थियो तर यसअघि नै मुख्यमन्त्रीले यसलाई एक हप्ता थप बढाउने घोषणा गरेका छन् ।
आइतबार पत्रकार सम्मेलनमा केजरीवालले एक महिनामा दिल्लीको अनुशासनका कारण कोरोनाको लहर कमजोर भइरहेको उल्लेख गरे ।