राष्ट्रपति विद्यादेवी भण्डारी द्धारा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ९ गते।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नुभएको छ ।

अब जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिता पाउने भएका छन् ।

यसअघि जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

जारी गरिएको अध्यादेश मधेसकेन्द्रित दलको मागअनुसार नै ल्याइएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *