ललितपुरमा एक सेनिटाइजर उद्योगमा प्रहरी द्धारा छापा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ९ गते।

ललितपुरमा एक सेनिटाइजर उद्योगमा प्रहरीले आइतबार छापा मारेको छ ।

मानव स्वास्थ्यमा हानि पुर्‍याउने रसायन प्रयोग गरी सेनिटाइजर उत्पादन गरेको पाइएपछि पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा छापा मारेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

उनका अनुसार उद्योगले उत्पादन गरेको सेनिटाइजरमा मिथानोल अल्कोहल नामक रसायन अत्यधिक प्रयोग गरिएको पाइएको उनले बताए ।

प्लस ७५ प्रतिशत नामको सेनिटाइजर उत्पादन गरी बजारमा बिक्री वितरण भइरहेको जानकारी आएपछि उद्योगमा छापा मारिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *