नागरिकतासम्बन्धी अध्यादेशको खुसियालीमा जनता समाजवादी पार्टी नेपालद्धारा जनकपुरधाममा दीप प्रज्वलन

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ १० गते।

जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशको खुसियालीमा जनकपुरधाममा दीप प्रज्वलन गरेको छ ।

पार्टीका नेता कार्यकर्ताहरूले आइतबार साँझ स्थानीय जनक चोकमा दीप प्रज्वलन गरी अध्यादेशको स्वागत गरेका हुन् ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै जसपाका केन्द्रीय सदस्य उमेश मण्डलले नेतृत्व पङ्क्तिलाई  मधेशको माग र मुद्दा सम्बोधनका लागि अगाडि बढ्न आग्रह गरे । उनले नागरिकता विधेयक जारी गरेकोमा वर्तमान सरकारलाई धन्यवाद समेत दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *