धरानबाट एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई जना पक्राउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,जेठ ११ गते।

धरानबाट एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–२ बाट प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभूमि गाउँपालिका घर भएका २८ वर्षीय पोशन राई छन् ।

उनीहरुलाई लागूऔषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *