अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १२ गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा बंगालको खादीमा रहेको यास नामको चक्रवातको आंशिक प्रभाव रहेको छ।
बंगालको खाडी नजिकै बनेको सामुद्रिक आँधी यास बुधबार दिउँसो भारतको जमिनमा आइपुग्दै छ।
भारतीय मौसम विभागले बुधबार दिउँसो पश्चिम बंगाल र ओडिसाको बीचमा यास जमिनमा आइपुग्ने बताएको छ।
आँधीको प्रभावका कारण पश्चिम बंगाल, उडिसा र झारखण्ड राज्यका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।
आँधीबाट जोगिन पश्चिम बंगाल र उडिसा १३ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
यसैबीच यास आँधीको प्रभाव नेपालमा पनि शनिबारसम्म पर्ने देखिएको छ।
बुधबार दिउँसो: प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली/ उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।
बुधबार राती: प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी, बागमती र प्रदेश १ का हिमाली/ उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।