कैलाली जिल्लामा पुनः थपिए १ साता निषेधाज्ञा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १२ गते।

कैलाली जिल्लामा थप १ साता निषेधाज्ञा लम्ब्याइएको छ।

कोरोना भाइरसको संक्रमण दरसँगै मृत्यु दर निरन्तर बढिरहेको भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्र (डीसीसीएमसी)ले थप १ साता निषेधाज्ञा थप गर्ने निर्णय गरेसँगै निषेधाज्ञा पनि जारी गरिएको हो। निर्णय अनुसार जेठ २० गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बुधबार बसेको डीसीएमसीको बैठकले कोरोना संक्रमण झन बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञाको अवधि लम्बाउन निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारीले जानकारी दिए।

विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीव्र रूपमा बढ्दै गइरहेको भन्दै निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *