अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १२ गते।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६ हजार ६७७ जनामा कोरोना पुष्टि भएको छ, भने ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १ सय ४५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
चौबीस घण्टामा छ हजार ७१६ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।