पर्सामा फेरि एक साता थपिए निषेधाज्ञा

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,जेठ १२ गते।

पर्सामा निषेधाज्ञा फेरि एक साताका लागि बढाइएको छ ।

बुधबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १३ गते बिहीबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २० गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञा लगाएयता जिल्लामा संक्रमण दर घट्दै गएकाले बुधबार डिसिसिएमसीको बैठक बसेर थप एक साता अर्थात् जेठ २० गते सम्मका लागि थप्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *