कास्की जिल्लामा जेठ २१ गतेसम्मका लागि पुनःनिषेधाज्ञा थप

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १४ गते।

कास्की जिल्लामा आज राति १२ बजेदेखि लागू हुनेगरी जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

कास्की प्रशासनले नयाँ भेरियन्ट सहितको कोभिड १९ तीव्र रुपले फैलिएकोले स्थिति भयावह हुन् नदिन भन्दै यस अघि लागु गरेको निषेधाज्ञालाई थप एक साताका लागी निरन्तरता दिएको हो ।

सङ्क्रमण दर बढ्दै गएपछि जेठ १४ गतेसम्म लागु गरिएको निषेधाज्ञामा पुनः एक साता समय थप गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार  निषेधाज्ञामा यस अघि जस्तै  अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन भने खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता देनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्ने तर सोको लागि सवारीसाधन प्रयोग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक बिक्रेताले खुद्रा बिक्री वितरण गर्न पाउने छैनन् । ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरण गर्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *