आज थपिए ६ हजार ९५१ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १११पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १४ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ६ हजार ९५१जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ५ लाख ४९ हजार १११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ४ लाख २८ हजार ६७० जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ९६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *