अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता, जेठ १४ गते।
सिरहाको नबराजपुर गाउँपालिका वडा नम्बर २ मा एक जना ३५ बर्शिय पुरुषको करेन्ट मृत्यु भएको छ ।
हाल लहान नगरपालीका वडा नम्बर ८ स्थित ससुराली घरमा केहि बर्ष देखि बस्दै आएका थिए ।
शुक्रबार बिहान सौंच गर्न सौचालय गरेका लक्ष्मण महतो सौच गरेर हात मुख धुनेक्रममा कलमा जडान गरिएको पानी तान्न्ने मोटरमा बिधुत प्रवाह भई महतो लाई करेन्ट लागेको हो।
महतोलाई शरीरमा बिधुत प्रवाह भई उपचारको लागि अस्पताल लगदै गर्दा बीच बाटो मै मृत्यु भएको उनको परिवारजनले जानकारी दिनुभयो ।
सब लाई पोस्ट म्याटमको लागी लहान अस्पतालमा राखीएको छ। पोस्टमार्टम पछाडि शव परिवार जनको जिम्मा लगाउने अस्पताल श्रोतले जानकारी दिनुभयो ।
लक्ष्मण करिब एक दशक देखि समाज सेवामा सकृय भुमिका निर्वाह गर्दै आएका थिए ।
लहानका स्थानीय जसपाका युवा नेता रामु महतोले तस्बिर सहित अस्पतालका गतिविधिका जानकारी दिनुभयो ।