अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १४ गते।
जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साताको लागि निषेधाज्ञा थपेको छ ।
आज बसेको डिसिसिएमसि बैठकले जेठ २२ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए ।
‘निषेधाज्ञा २२ गतेसम्म थपिएको छ, अरु कुनै त्यस्तो निर्णय भएको वा परिवर्तन गरिएको छैन । बजार, पसल, हिडडुल सबै प्रतिबन्ध नै हो, पोखरेलले भने ।
उक्त बैठकले सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको पनि सहायक प्रजिअ पोखरेलले जानकारी दिए ।