अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १६ गते।
नेपालमा आज पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । मुलुकभर १० हजार ९८६ नमुनाहरुको पीसीआर परीक्षण गर्दा ३ हजार ७०२ जना र १ हजार ७८४ जनाको एन्टिजेट परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।
त्यस्तै, ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।