अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १६ गते।
गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।
पोखरा सभागृह हलमा दिउँसो १ बजेपछि बैठक सुरु हुनेछ । प्रदेशसभा शुरु हुने पहिलो दिनमै प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले सम्बोधन गर्ने कार्यसूची तोकिएको छ ।
बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।
कोरोना भाइरस फैलदो संक्रमणका कारण नदीपुरबाट गत वर्षदेखि नै पोखरा सभागृहमै बैठक सारिएको हो । यही बजेट अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी गरेका छन् । उनले ३० दिनभित्र अर्थात जेठ २७ सम्म संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत लिनुपर्ने कानुनी ब्यवस्था छ ।