विराटनगरमा प्रदेश सांसदको गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,जेठ २१ गते।

प्रदेश सांसदको गाडीको ठक्करबाट विराटनगरमा पैदलयात्रीको मृत्यु भएको छ।

प्रदेश १ सभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले बिहीबार राति एयरपोर्ट रोडमा ठक्कर दिँदा भारत कटियारीका ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको हो।

कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको कोसी अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए ।

कारको ठक्करबाट मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

डिएसपीका अनुसार सडकमा हिँडिरहेको समयमा पछाडिबाट कारले दुई जनालाई ठक्कर दिएको थियो।

दुर्घटनापछि फरार चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *