अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,जेठ २० गते।
पर्सा प्रहरीले अवैधरुपले भारततर्फ जादै गरेको ३०० कार्टुन कस्तुरी सहित ट्याक्टर पक्राउ गरेको छ।
प्रहरीले विशेष सुचनाको आधारमा छिपहरमाई गाऊपालिका वडा नम्बर २ भिष्वा बंजारीमा ईलाका प्रहरी कार्यालय पोखरीयावाट खटिएको टोलीले ट्याक्टरमा लोड गरि नेपालवाट भारत तर्फ लैजादै गरेको कस्तुरी ब्रान्डका मदिरा ट्याक्टर सहित बरामद गरेको छ।
पक्राउ परेका ट्याक्टर प्रदेश २-०३-००१नम्बरको ट्याक्टरलाई मदिरा सहित नियन्त्रणमा लिई रु.१०,६०,०००।– ( दश लाख साठ्ठी हजार ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताए ।
साथै,उल्लेखित ट्याक्टरको धनी तथा फरार रहेका चालकको खोजतलास भइरहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनुभयो।