गत वर्षको रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ८ गते।

चिकित्सा शिक्षा आयोग गत वर्षको रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म सक्ने तयारीमा जुटेको छ।

असार २६ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गरी असार अन्तसम्म सक्ने आयोगको तयारी रहेकोले सोहीअनुसार परीक्षा सञ्चालनका लागि सिसिएमसीमा अनुमतिको माग गरेको आयोगका प्रवक्ता डिल्ली लुइँटेलले जनाए।

तर सिसिएमसीले कोरोनाको जोखिम उच्च रहेको अवस्थामा क्षेत्रीयस्तरमा परीक्षा सञ्चालनका लागि राय मागेकोले सोहीअनुसार आयोग परीक्षाको तयारीमा जुटेको बताए। तर आयोगको स्थापनाको उद्देश्यमध्ये एक विभिन्न विश्वविद्यालयले आ–आफनै ढंगले लिँदै आएका मेडिकल शिक्षाका प्रवेश परीक्षाहरू एकद्वार प्रणालीबाट सञ्चालन गर्ने हो। सोअनुसार प्रवेश परीक्षा आयोगले सञ्चालन गर्ने दायित्व पाएको हो।

तर हाल कोभिडको जोखिमका कारण सबै विद्यार्थीलाई केन्द्रमै अर्थात् काठमाडौंमै बोलाएर परीक्षा सञ्चालन गर्दा जोखम उच्च हुने सम्भावना भएको आँकलन गर्दै सिसिएमसीले क्षेत्रीय रूपमा प्रवेश परीक्षा सञ्चालन गर्न सकिन्छ कि भन्ने राय आयोगसँग मागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *