आजदेखि काठमाडौँ उपत्यकामा निजी सवारी साधनहरुमा जोर–विजोर प्रणाली लागु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ८ गते।

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आजबाट थप खुकुलो भएको छ ।

यससँगै निजी सवारी साधनहरु जोर–विजोर प्रणाली अनुसार चलाउन पाइनेछ ।

काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको आइतबार सम्पन्न बैठकले केही प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै निषेधाज्ञा १ हप्ता निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो।

आजबाट लागू हुने निषेधाज्ञामा साना सवारीसाधान (कार जीप, भ्यानमा बढीमा चार जना) ट्याक्सीमा तीन जना र मोटरसाइक, स्कुटरमा जोरविजोर प्रणाली लागू गरी सञ्चालन गर्न पाइनेछ। त्यसैगरी आजदेखि केही प्रत्यक्ष सम्पर्क हुने तथा भिडभाड हुनेबाहेकका व्ययवसायसमेत आलोपालो गरी सञ्चालन हुनेछ।

डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न सकिने गरी आदेशमा उल्लेख गरिएको छ ।

सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहिबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइनेछ।

भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्था कायमै रहने भएको छ। फुटपाथ र खुला ठाउँमा हुने व्यापारलाई पनि रोक लगाइएको छ। होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतवन्धलाई पनि रोक लगाइएको छ। नित्यकर्म बाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन। भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ।

यस्तै, सार्वजनिक सवारीका साधनहरुको सञ्चालनमा पनि रोक लगाइएको छ। अत्यवश्यक सावारी, एम्बुलेन्स, स्वास्थ्यकर्मी पशु स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेकका अन्य जिल्लाबाट पास बिहिन सवारीका साधान काठमाडौं उपत्यकामा प्रवेश रोक लगाइेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *