आज असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस: दही च्यूरा खाने दिन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १५ गते।

आज असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस

यसदिन नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष मङ्गलबार परेको राष्ट्रिय धान दिवस मुलुकभर रोपाइँ गरेरै मनाइँदै छ ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । विगतमा कृषि मन्त्रालय, कृषि विभागअन्तर्गत गठित समितिले धान दिवस विशेष महोत्सव लगायत कार्यक्रम आयोजना गर्ने गरेकोमा यस वर्ष भने कोरोना महामारीका कारण औपचारिक कार्यक्रमहरू राखिएको छैन ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् । आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेको बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *