अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार १५ गते।
धनुषामा आजदेखि सार्वजनिक यातयात खुलेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदेखि लागुहुने गरी थप खुकुलो बनाएर एक साता निषेधाज्ञा थपिने निर्णय भएको छ ।

थप गरिएको निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारी साधन समेत चल्न पाउने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
धनुषाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारीसाधनबाहेक जिल्लाभरि सार्वजनिक सवारीसाधन चलाउन पाइने प्रशासनले जनाएको छ ।
अब धनुषामा सरकारी तथा अर्धसरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन नियमित संचालन भएको छ ।
यधपि यस अवधिमा सभासम्मेलन, सेमिनार गोष्टि लगायत भीडभाड हुने कार्यक्रम गर्न नपाइने प्रशासनले जनाएको छ ।