पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,असार २५ गते।

जयपृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ। खोड्पे–बझाङ सडकखण्डको ढोल्यामोडमा पहिरो खस्दा बिहीबार राति १९ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार राजमार्ग अवरुद्ध हुँदा बझाङतर्फ जाने गाडी र बझाङबाट बैतडी र तराईका लागि छुटेका गाडीहरु बीच बाटोमै रोकिएका छन्। ठूलो पहिरो खसेकाले राजमार्ग सञ्चालनमा केही समय लाग्ने उनको भनाइ छ।

पहिरो पन्छ्याउनका लागि समन्वय भइरहेको प्रहरी निरीक्षक खड्काले बताए। पहिरोले  जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *