आज देशभर हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ६ गते।

महाशाखाले आज (बुधबार) बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा लुम्बिनी, गण्डकी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

यस्तै राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जनाएको छ।

लुम्बिनी, गण्डकी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *