एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २३ गते।

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो ।

कोरोना भाइरस महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिएपछि विद्यालयहरुले नै आन्तरिक मूल्यांकन गरेर विवरण बोर्डमा पठाएका थिए । सोही  नतिजालाइ नै बोर्डले प्रमाणित गरेर प्रकाशन गर्न लागेको हो । यसअघि साउन दोस्रो साताभित्रै तनिजा प्रकाशन गर्ने भनिए पनि विभिन्न कारण ढिलाइ भएको थियो ।

नतिजा सार्वजनिक भएपछि बोर्डको वेबसाइट तथा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने छ । साथै टेलिकमको फोन र एसएमएसबाट पनि नतिजा थाहा पाउन र हेर्न सकिने बताइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *