अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,साउन २६ गते।
लागूऔषध गाँजा सहित जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका ७ स्थितबाट सिटी सफारी चालकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनकुटा शहिद भूमी गाउँपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा गरी बस्ने २४ बर्षीय ईमान राई रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिणतर्फ जाँदै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परे पश्चात राईको कोठा समेतमा खानतलासी गरेको थियो । त्यसक्रममा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरिएको हो ।
सिटी सफारी सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।