संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २६ गते।

संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ । यी दुईवटै विधेयक राष्ट्रिसभाबाट उत्पत्ति भएका हुन् ।

आजै बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ । आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुहुनेछ । ‘प्रत्यायन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि आजको बैठकमा पेश हुने कार्यसूची छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव पनि आजको बैठकमा पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *